नेपालीको औसत आयु भारतीयको भन्दा बढी - fans karbitan -->

नेपालीको औसत आयु भारतीयको भन्दा बढी

प्रतिव्यक्ति कुल राष्ट्रिय आय हेर्ने हो भने नेपालसँग भारतको तुलना नै हुँदैन भन्दा पनि हुन्छ। नेपालको प्रतिव्यक्ति आय २,४७१ अमेरिकी डलर छ भने भारतको ६,३५३।
तर नागरिकहरूको औसत आयु हेर्ने हो भने नेपाल भारतभन्दा अगाडि देखिन्छ।
अनि श्रम बजारमा सक्रिय महिलाको सङ्ख्यामा त भारत नेपालभन्दा धेरै पछाडि देखिन्छ।

विवरण

गत शुक्रवार सार्वजनिक महत्त्वपूर्ण मानिएको मानव विकासको प्रतिवेदन हेर्दा यस्तै विवरण भेटिन्छन्।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी)ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपाल मध्यमखाले मानव विकास भएको मुलुकमा परेको छ।
तर त्यस सूचकको एउटा आधार मानिएको औसत आयुमा नेपाल दक्षिण एशियाका कतिपय छिमेकी मुलुकहरूको तुलनामा अगाडि देखिन्छ।
नेपालभन्दा झन्डै तीनगुणा बढी प्रतिव्यक्ति औसत राष्ट्रिय आय भएको दक्षिणी छिमेकी भारतका नागरिकको औसत आयु नेपालीको तुलनामा कम छ।
प्रतिवेदनअनुसार नेपालीको औसत आयु ७०.६ वर्ष छ भने भारतीयको ६८.८ वर्ष मात्र।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्याक्ष स्वर्णिम वाग्ले नेपालीको ‍औसत आयु तुलनात्मक रूपमा भारतको भन्दा राम्रो हुनुमा करिब अढाई दशकदेखि नेपालले शिक्षा र स्वास्थ्यमा बढाउँदै गएको लगानी मुख्य कारण भएको बताउँछन्।
उनी आय बढी हुँदैमा कुनै पनि मुलुकका जनताको आयु बढ्न नसक्ने दाबी गर्छन्।
"आय वृद्धि हुँदैमा मानव विकासमा स्वचालित लगानी नहुने रहेछ। त्यसका लागि राज्यले नै लाग्नुपर्‍यो," उनले भने, "आय वृद्धि भएको ठूलो अंश चाहिँ मानव विकासका क्षेत्रहरूमा पनि लगानी गर्नुपर्दछ।"
कम आय भएका मुलुकले पनि सचेत भएर मानव विकासका क्षेत्रमा लगानी गरे भने आयका तुलनामा मानव विकासको सूचकमा उनीहरूले राम्रो गर्न सक्ने उनको दाबी छ।
उनले नेपालीको औसत आयु बढ्नुमा रेमिट्यान्सको समेत ठूलो भूमिका रहेको बताए।
त्यस्तै सामान्य खालकै भए पनि उपचारका लागि सहर आवतजावत गर्न सहज बनाउने खालका सडक गाँउगाँउसम्म पुग्नु औसत आयु बढाउन सहयोगी बनेको विज्ञहरूको बुझाइ छ।
उनीहरू त्यसमा गैरसरकारी संस्था र सहकारीले जगाएको जनचेतना, सरकारले स्वास्थ्य सेवामा गरेको संरचनागत सुधार र महिला स्वास्थ्य स्वयंसेविकाको सकारात्मक भूमिकालाई पनि सँगै जोड्छन्।

0 Response to "नेपालीको औसत आयु भारतीयको भन्दा बढी"

Post a Comment

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel

Loading...