पाकिस्तानबिरुद्ध इण्डियाको फराकिलो जित - fans karbitan -->

पाकिस्तानबिरुद्ध इण्डियाको फराकिलो जित

एसिया कप क्रिकेटको पछिल्लो खेलमा इण्डियाले पाकिस्तानलाई ८ विकेटले पराजित गरेको छ । समुह ए बाट यसअघि नै सेमिफाइलनमा स्थान बनाएपनि गएरातीको जितले इण्डिया समुह विजेता र पाकिस्तान उपविजेता बनेका छन् । समुह बी अन्तरगत आज हुने बंगलादेश र अफ्गानिस्तानबीचको खेलले समुह विजेता र उपविजेताको टुंगो लाग्नेछ । सो समुहबाट श्रीलंका बाहिरिएको छ भने दुवैले एक खेल अगावै अन्तिम चारमा स्थान बनाएका छन् । 
दुबईमा १ य ६३ रनको मध्ययम लक्ष्य इण्डियाले २९ ओभरमा २ विकेट गुमाएर भेट्टायो । उसको जितमा क्याप्टेन रोहित शर्माले ५२ र शिखर धवनले ४६ रन जोडे । अम्बाती राईडु र दिनेश कार्तिक समान ३१ रनमा नटआउट रहे ।  यसअघि टस जितेर पहिले व्याटिङ गरेको पाकिस्तान ४३ ओभर एक बलमा १ सय ६२ रनमा अलआउट भएको थियो । पांचौ ओभरमा ३ रन जोड्दा २ विकेट गुमाएको स्थिति सम्हाल्दै सोएब मल्लिक र बाबर अजामले ८२ रनको साझेदारी गरेका थिए । अजाम ४७ र मल्लिक ४३ रनमा आउट भए । पाकिस्तानका ७ जना व्याट्सम्यान दोहोरो अंकको स्कोर नगर्दै पवेलियन फर्केका थिए । पाकिस्तानको इनिङ्स ध्वस्त पार्ने क्रममा भुवनेश्वर कुमार र केदार जादभले समान ३ विकेट लिए । यस्तै जस्प्रित बुमराहले २ र कुलदिप यादवले एक विकेट लिए ।

0 Response to "पाकिस्तानबिरुद्ध इण्डियाको फराकिलो जित "

Post a Comment

Iklan Atas Artikel

Iklan Tengah Artikel 1

Iklan Tengah Artikel 2

Iklan Bawah Artikel

Loading...